प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने बारको चेतावनी

`

     २०८० वैशाख १९ गते ४:४६

काठमाडौँ, बैशाख १९ । नेपाल बार एसोसियसन अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोनमा उत्रिएको बारले मंगलबार तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । सोही क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?