काठमाडौं, वैशाख १९ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने देखिएको छ। राष्ट्रिय तथ्यांक विभागले तेस्रो त्रैमाससम्मको यथार्थ गणना तथा चौथो त्रैमासिक अनुमानित आर्थिक क्रियाकलापलाई आधारमा मानेर तयर गरेको तथ्यांकले २.१६ प्रतिशतको आर्थिक वृद्धि देखिएको हो।
गत वर्ष यथार्थ आर्थिक वृद्धिदर ५.६ प्रतिशत प्राप्ति भएको छ। त्यतिबेला तथ्यांक विभागले ५.४ प्रतिशतको अनुमान गरेको थियो। यथार्थ प्राप्ति भने देखिएको छ।
निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटको कारण समग्र आर्थिक वृद्धिदरमा प्रभाव देखिएको छ।
सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत राखेको थियो। विश्व बैंक एशियाली विकास बैंकको अन्तिम प्रक्षेपणमा ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए।
चालु वर्षको पहिलो त्रैमासका १.७ प्रतिशतको रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासमा ऋणात्मक १.१ प्रतिशत रहेको छ।



