ओमान र कुवेतबिचको खेल वर्षाले रोकियो

`

     २०८० वैशाख १७ गते १२:४०

काठमाडौँ, बैशाख १७ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी ओमान र कुवेतबीचको खेल बर्षाले प्रभावित भएको छ ।

कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ३१.३ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।

यस खेलको विजेता इमर्जिंग टिम्स एशिया कपका लागि छनौट हुने छ । यसअघि फाइनलमा पुगेका नेपाल र युएई इमर्जिंग टिम्स एशिया कपका लागि छनौट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?