देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी बजेट ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

`

     २०८० वैशाख १० गते ४:०८

काठमाडौँ, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘हामी अहिले सरकारको नीति, कार्यक्रम र बजेट निर्माणमा घनिभूत ढंगले जुटिराखेका पनि छौं । जुटन आवश्यक पनि छ । यो नीति, कार्यक्रम र बजेटले देशलाई नयाँ आशा, नयाँ विश्वास दिनुछ एकातिर भने अहिलेनै हामी फेरी विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ । त्यसको पनि राम्रो तयारी गरेर जानुछ ।’

प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न लागि देशभक्त, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?