सुनको मूल्यमा गिरावट

`

     २०८० वैशाख १० गते ११:२५

काठमाडौँ, १० बैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?