सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०८० वैशाख ०६ गते ११:१५

काठमाडौं, वैशाख ६ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?