लालबन्दीमा पाँच लाख तीस हजार नक्कली नोट फेला

`

     २०८० वैशाख ०५ गते २:४३

काठमाडौँ, ५ बैशाख । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट फेला पारेको छ । मंगलबार (आज) बिहान लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी जब्दी सडक छेउबाट एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको हो। फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि लालबन्दी प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त नक्कली नोट कहाँबाट कसले ल्याएर बजार छेउमा किन फालेर भाग्यो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?