सुनको मूल्य आज इतिहासकै धेरै

`

     २०७९ चैत्र २२ गते ११:३६

काठमाडौं, २२ चैत । प्रतितोला दुई हजारले वृद्धिहुँदै नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?