डाबर नेपालले जित्यो नेशनल एचआर एक्सलेन्स अवार्ड

`

     २०७९ चैत्र २० गते १:१९

काठमाडौँ, चैत २० । डाबर नेपालले नेशनल एचआर एक्सलेन्स अवार्ड २०२३ प्रतिष्ठित पुरस्कार जितेको छ ।

नेशनल एचआर एक्सलेन्स अवार्ड २०२३ विजेताहरुको घोषणा मार्च ३१, २०२३ मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ्ग फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एच आर विभागका अन्य कर्मचारीहरुले अवार्ड ग्रहण गरेका थिए ।

नेशनल एचआर एक्सलेन्स अवार्ड अवार्ड जित्नु भनेको डाबर नेपालको सबैभन्दा बहुमूल्य सम्पति र आफ्ना कर्मचारीहरुलाई महत्व दिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण भएको कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?