काठमाडौँ, ८ पुष । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ । एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए ।
बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो । ‘बैठकले कुनैनिर्णय लिन सकेन । अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने । उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।
एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पु¥याउने जनाएको थियो । यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो ।
आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार (पुस सात गते) अन्तिम टोली दर्ता मिति थियो । अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो ।




