काठमाडौँ, पुस ८ । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जित निकाल्ने लक्ष्य भएको बताए ।




