काठमाडौँ, पौष ५ । मेसी रोनाल्डोलाई पछि छोड्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटै पोस्टमा धेरै लाईक पाउने खेलाडी बनेको छ ।
अर्जेन्टिनालाई फिफा विश्वकप जिताएपची विश्वभर लियोनेल मेसीको चर्चा चलिरहेको छ । मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा मैदानमा थुप्रै किर्तिमान आफ्नो नाममा गरेका छन् ।
वास्तवमा, सोमबार विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए । यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।
यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । रोनाल्डोले विश्वकप सुरु हुनुअघि मेसीसँग चेस खेलेको तस्विर पोस्ट गरेका थिए । जसमा ४२ मिलियन (४ करोड) भन्दा बढी लाइक आएको थियो । त्यसपछि उनले विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए । तर, मेसी त्योभन्दा अगाडि पुगेका छन् ।




