काठमाडौँ, पौष १ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारको बजेट खर्च २४.२६ प्रतिशत बराबर देखिएको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस अवधिमा सरकारको पुँजीगत खर्च करिब ९ प्रतिशत बराबर मात्रै देखिएको छ ।




