अमेरिकी केन्द्रीय बैङ्कले ०.५० प्रतिशतले बढायो ब्याजदर

`

     २०७९ मंसिर २९ गते १:२८

काठमाडौँ, मंसिर २९ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड)ले फेरि सन्दर्भ ब्याजदर बढाएको छ । फेडरल खुला बजार समितिले सन्दर्भ ब्याजदर अर्थात बेन्चमार्क दरलाई ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको हो । अब नयाँ सन्दर्भ ब्याजदर ४.२५ देखि ४.५० प्रतिशतसम्म पुगेको छ ।

सन् २०२२ मा फेडले योसहित ६ पटक ब्याजदर वृद्धि गरेको छ । अमेरिकामा यो सन्दर्भ ब्याजदर सन् १९८० यताकै उच्च हो । नीति निर्माताले अर्को वर्ष यस्तो दर ५.१ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी ब्याजदरले सुनचाँदी, कच्चा तेल तथा अमेरिकामा उत्पादित वस्तुको मूल्यमा समेत असर पार्ने भएकाले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?