१ लाख ४७ हजारले लिए सहुलियतपूर्ण कर्जा, सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा कृषि विकास बैंकबाट

`

     २०७९ मंसिर ०७ गते ७:५८

काठमाडौं, मंसिर ७ । नेपाल सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये ३ सय ९६ जनाले प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकले २०७\र८० को तीन महिनासम्ममा ५.६ प्रतिशतको ब्याज अनुदानमा लाभ लिन सफल भएको देखाएको छ । २०७२ सालदेखि सरकारले उक्त ब्याज अनुदानमा यस्तो कर्जा उपलब्ध गर्दै आएको छ । एकै व्यक्तिले एक करोड सहुलियतपूर्ण कर्जा लिने ऋणी प्रदेश १ मा एनआईसी एसिया बैंकबाट ६४ जना ऋणी रहेका छन् । ठूला रकमको यस्तो कर्जा अन्य वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट पनि लिएका छन् । सबैभन्दा बढी सहुलियत कर्जा कृषि बैंकका ऋणीले लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कृषि विकास बैंकले १४ हजार ९ सय ५१ जनालाई यस्तो कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?