देशको राष्ट्रिय अर्थतन्त्र धरापमा पारेर नेताहरू राजनीतिक शक्ति र बिदेशी कम्पनीहरूसँगको साँठगाँठमा कमिशनखोर सञ्चालन गर्नमा व्यस्त छन् । यसले गर्दा यहाँको उत्पादन, उद्यमशीलता, औद्यागिक विकास पूर्णतया अवरुद्ध छ । यहाँका शासकहरू राज्य सञ्चालनको नाममा ‘लुटको धन फुपुको श्राद्ध’ गरीरहेका छन् ।

प्रजातन्त्रको अभ्युदयपछि नेपाल र छिमेकी राष्ट्र बिच विभिन्न असमान सन्धीहरू भए जुन खालको सन्धी सम्झौता राजतन्त्रकालमा कहिल्यै भएको थिएन । राजतन्त्रमा भन्दा प्रजातन्त्रमा अझ बढी राष्ट्रिय स्वाभिमान मजबुत भएको थियो । नेपाली राजनीतिज्ञ हरूले नेपाली जनतालाई राजतन्त्र भन्दा प्रजातन्त्र कसरी राम्रो हो भन्ने जवाफ दिन नसकेको उनी बताउँछन् ।

अहिले ठुला ठुला बिदेशी प्रोजेक्ट नेताहरूले पर्सेन्टमा मोटो रकम लिएपछि मात्रै आउँछ । विदेशी ब्राण्डका उत्पादनहरू त्यही प्रक्रियाबाट भित्रिन्छन् । बिदेशी उत्पादनका ब्राण्डले राष्ट्रिय उत्पादनका चिजहरू कहिल्यै अगाडी आउन नसक्ने गरी ङ्याकी नै रहेका छन् । विदेशीहरूको पैसा खाएर यहाँका कैयन् कारखानाहरू प्रजातन्त्र आगमन पश्चात नै बन्द गरिए ।

प्रजातन्त्र सीमित नेताको स्वार्थमा कैद भयो । यसले तीनै नेताका छोराछोरी र आसेपासेको मात्रै भरणपोषण ग¥यो । जनताको सुखदुुःखको सारथी बन्न सकेन । मनपरी तन्त्र हावी हुँदै गयो । जसको शक्ति उसको भक्ति बढ्दै गयो । बिचौलिया र ठेकेदारी प्रथा मौलाउँदै गयो । नेताहरूले आफ्ना नजिककालाई बिचौलिया र ठेकेदार बनाएर बजेटलाई कमिसनको खेलो बनाए । भ्रष्टिकरणले नीतिगत एवम् संस्थागत रूप लियो ।

वर्तमान राजनीतिक प्रणालीले जसरी राजतन्त्र भन्दा प्रजातन्त्र राम्रो हो भन्ने प्रमाणित गर्न सकेको छैन, त्यसै गरी नेपाल हिन्दु राष्ट्र हुनुभन्दा नेपालले धर्मनिरपेक्षता अवलम्बन गर्नु राम्रो हो भन्ने पुष्ट्याईँ दिन सकेको छैन ।

हामीले परम्परागत रुपमा मान्दै आएको हिन्दु धर्म विश्वमै सबैभन्दा बढी प्रजातान्त्रिक छ । जसले सबै धर्मको उपस्थितिलाई सम्मान गर्छ । सबै धर्मसँग भाइचाराको सम्बन्ध राख्छ । सबै धर्म एउटै सत्यको विविध रुप मान्छ । तर जब धर्मनिरपेक्षता आयो यसले आफ्नो मौलिक धर्म संस्कृति भन्दा विदेशी धर्म संस्कृति मूल्यवान छन् भन्ने जस्तो अवस्था निर्माण गरिरहेको छ । धर्मनिरपेक्षताको सार त सबै धर्म उत्तिकै महत्वका छन् भन्ने हो । यो सारलाई हिन्दु धर्मले जति पनि धर्मनिरपेक्षताले अवलम्बन गर्न सकेको छैन । वर्तमान राजनीतिक प्रणालीले जसरी राजतन्त्र भन्दा प्रजातन्त्र राम्रो हो भन्ने प्रमाणित गर्न सकेको छैन, त्यसै गरी नेपाल हिन्दु राष्ट्र हुनुभन्दा नेपालले धर्मनिरपेक्षता अवलम्बन गर्नु राम्रो हो भन्ने पुष्ट्याईँ दिन सकेको छैन ।

माथि उल्लेखित विचार विश्लेषण बोकेर हेमविक्रम सिलवाल यतिखेर भड्कावमा रुमलिएको नेपाली समाज र राजनीतिलाई सच्चाइमा अगाडी लान चाहान्छन् । आफ्नो मौलिक इतिहास, पहिचान र धर्म सहितको सबैले उत्तिकै फुल्न फल्न पाउने लोकतन्त्र स्थापित गर्नुपर्ने उनको मूलभूत राजनीतिक एजेण्डा छ । यसको लागि उनी आफू सामाजिक अभियान सँगसँगै राजनीतिमा होमिएको बताउँछन् ।

यही एजेण्डा बोकेर यतिखेर भने हेमविक्रम सिलवाल नेपाली काँग्रेस वी पी र स्वतन्त्र नागरिक समाजका साझा उम्मेदवारका रुपमा चुनाव चिन्ह करुवा लिएर चुनावी मैदनमा छन् । उनलाई विजयको शुभकामना!

– कुशल पाठक
" /> मैले चिनेको हेमविक्रम सिलवाल - Sarbocha Media

मैले चिनेको हेमविक्रम सिलवाल

`

     २०७९ मंसिर ०२ गते १२:०५

हेमविक्रम सिलवाल एकजना राष्ट्रवादी, संस्कृतिवादी र पहिचानवादी व्यक्तित्व हुन् । उनी समाज उद्विकासलाई सम्मान गर्दछन् तर त्योसँगै सामाजिक–साँस्किृतिक मौलिक पहिचानको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिन्छन् । आधुनिकताको नाममा राष्ट्र र राष्ट्रियताको मौलिकताको रङ फिका हुँदै गएकोमा उनी चिन्तित छन् । उनी आफ्नो सामाजिक र राष्ट्रिय सङ्कल्पलाई सामाजिक अभियान एवम् राजनीतिक कर्म मार्फत अघि बढाउन चाहान्छन् ।

राष्ट्र रहे राष्ट्रियता रहन्छ, हामी जनता रहन्छौँ । वर्तमान राजनीतिक अभ्यासले नेपाली राष्ट्रियतालाई सीमित नेताको स्वार्थको दाउपेचको चङ्गुलमा फसाएको उनको निश्कर्ष छ । अबको नेपाली राजनीतिमा लोकतन्त्र अपरिहार्य छ तर योसँगै राष्ट्रियता भने कमजोर हुँदै गएको उनको ठहर छ ।

देशको राष्ट्रिय अर्थतन्त्र धरापमा पारेर नेताहरू राजनीतिक शक्ति र बिदेशी कम्पनीहरूसँगको साँठगाँठमा कमिशनखोर सञ्चालन गर्नमा व्यस्त छन् । यसले गर्दा यहाँको उत्पादन, उद्यमशीलता, औद्यागिक विकास पूर्णतया अवरुद्ध छ । यहाँका शासकहरू राज्य सञ्चालनको नाममा ‘लुटको धन फुपुको श्राद्ध’ गरीरहेका छन् ।

प्रजातन्त्रको अभ्युदयपछि नेपाल र छिमेकी राष्ट्र बिच विभिन्न असमान सन्धीहरू भए जुन खालको सन्धी सम्झौता राजतन्त्रकालमा कहिल्यै भएको थिएन । राजतन्त्रमा भन्दा प्रजातन्त्रमा अझ बढी राष्ट्रिय स्वाभिमान मजबुत भएको थियो । नेपाली राजनीतिज्ञ हरूले नेपाली जनतालाई राजतन्त्र भन्दा प्रजातन्त्र कसरी राम्रो हो भन्ने जवाफ दिन नसकेको उनी बताउँछन् ।

अहिले ठुला ठुला बिदेशी प्रोजेक्ट नेताहरूले पर्सेन्टमा मोटो रकम लिएपछि मात्रै आउँछ । विदेशी ब्राण्डका उत्पादनहरू त्यही प्रक्रियाबाट भित्रिन्छन् । बिदेशी उत्पादनका ब्राण्डले राष्ट्रिय उत्पादनका चिजहरू कहिल्यै अगाडी आउन नसक्ने गरी ङ्याकी नै रहेका छन् । विदेशीहरूको पैसा खाएर यहाँका कैयन् कारखानाहरू प्रजातन्त्र आगमन पश्चात नै बन्द गरिए ।

प्रजातन्त्र सीमित नेताको स्वार्थमा कैद भयो । यसले तीनै नेताका छोराछोरी र आसेपासेको मात्रै भरणपोषण ग¥यो । जनताको सुखदुुःखको सारथी बन्न सकेन । मनपरी तन्त्र हावी हुँदै गयो । जसको शक्ति उसको भक्ति बढ्दै गयो । बिचौलिया र ठेकेदारी प्रथा मौलाउँदै गयो । नेताहरूले आफ्ना नजिककालाई बिचौलिया र ठेकेदार बनाएर बजेटलाई कमिसनको खेलो बनाए । भ्रष्टिकरणले नीतिगत एवम् संस्थागत रूप लियो ।

अहिले ठुला ठुला बिदेशी प्रोजेक्ट नेताहरूले पर्सेन्टमा मोटो रकम लिएपछि मात्रै आउँछ । विदेशी ब्राण्डका उत्पादनहरू त्यही प्रक्रियाबाट भित्रिन्छन् । बिदेशी उत्पादनका ब्राण्डले राष्ट्रिय उत्पादनका चिजहरू कहिल्यै अगाडी आउन नसक्ने गरी ङ्याकी नै रहेका छन् । विदेशीहरूको पैसा खाएर यहाँका कैयन् कारखानाहरू प्रजातन्त्र आगमन पश्चात नै बन्द गरिए ।

वर्तमान राजनीतिक प्रणालीले जसरी राजतन्त्र भन्दा प्रजातन्त्र राम्रो हो भन्ने प्रमाणित गर्न सकेको छैन, त्यसै गरी नेपाल हिन्दु राष्ट्र हुनुभन्दा नेपालले धर्मनिरपेक्षता अवलम्बन गर्नु राम्रो हो भन्ने पुष्ट्याईँ दिन सकेको छैन ।

देशको राष्ट्रिय अर्थतन्त्र धरापमा पारेर नेताहरू राजनीतिक शक्ति र बिदेशी कम्पनीहरूसँगको साँठगाँठमा कमिशनखोर सञ्चालन गर्नमा व्यस्त छन् । यसले गर्दा यहाँको उत्पादन, उद्यमशीलता, औद्यागिक विकास पूर्णतया अवरुद्ध छ । यहाँका शासकहरू राज्य सञ्चालनको नाममा ‘लुटको धन फुपुको श्राद्ध’ गरीरहेका छन् ।

हामीले परम्परागत रुपमा मान्दै आएको हिन्दु धर्म विश्वमै सबैभन्दा बढी प्रजातान्त्रिक छ । जसले सबै धर्मको उपस्थितिलाई सम्मान गर्छ । सबै धर्मसँग भाइचाराको सम्बन्ध राख्छ । सबै धर्म एउटै सत्यको विविध रुप मान्छ । तर जब धर्मनिरपेक्षता आयो यसले आफ्नो मौलिक धर्म संस्कृति भन्दा विदेशी धर्म संस्कृति मूल्यवान छन् भन्ने जस्तो अवस्था निर्माण गरिरहेको छ । धर्मनिरपेक्षताको सार त सबै धर्म उत्तिकै महत्वका छन् भन्ने हो । यो सारलाई हिन्दु धर्मले जति पनि धर्मनिरपेक्षताले अवलम्बन गर्न सकेको छैन । वर्तमान राजनीतिक प्रणालीले जसरी राजतन्त्र भन्दा प्रजातन्त्र राम्रो हो भन्ने प्रमाणित गर्न सकेको छैन, त्यसै गरी नेपाल हिन्दु राष्ट्र हुनुभन्दा नेपालले धर्मनिरपेक्षता अवलम्बन गर्नु राम्रो हो भन्ने पुष्ट्याईँ दिन सकेको छैन ।

माथि उल्लेखित विचार विश्लेषण बोकेर हेमविक्रम सिलवाल यतिखेर भड्कावमा रुमलिएको नेपाली समाज र राजनीतिलाई सच्चाइमा अगाडी लान चाहान्छन् । आफ्नो मौलिक इतिहास, पहिचान र धर्म सहितको सबैले उत्तिकै फुल्न फल्न पाउने लोकतन्त्र स्थापित गर्नुपर्ने उनको मूलभूत राजनीतिक एजेण्डा छ । यसको लागि उनी आफू सामाजिक अभियान सँगसँगै राजनीतिमा होमिएको बताउँछन् ।

यही एजेण्डा बोकेर यतिखेर भने हेमविक्रम सिलवाल नेपाली काँग्रेस वी पी र स्वतन्त्र नागरिक समाजका साझा उम्मेदवारका रुपमा चुनाव चिन्ह करुवा लिएर चुनावी मैदनमा छन् । उनलाई विजयको शुभकामना!

– कुशल पाठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?