काठमाडौं, मंसिर २ । प्रभु बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ रहेको छ।




