इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

`

     २०७९ कार्तिक २७ गते ५:२८

काठमाडौं, कात्तिक २७ । पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले अन्तिम ओभरमा पूरा गरेको हो ।

इंग्ल्याण्डले टी–२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?