काठमाडौँ, कात्तिक २७ । आज बजार परिसूचक नेप्से १०.५४ अंकले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ ।नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।
आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ ।
आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।




