यु-१९ महिला क्रिकेट विश्वकप नेपाल र बङ्गलादेशले संयुक्त आयोजना गर्ने

`

     २०७९ कार्तिक २७ गते १२:११

काठमाडौँ, कार्तिक २७ । दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो ।

नेपाल र बंगलादेशले संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजना गर्न स्विकृत पाएका छन् । बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए ।

आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ । क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?