काठमाडौं,२७ कार्तिक, आइतबार । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि एलन मस्कले ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने निर्णय शुक्रबारदेखि खारेज भएको छ। ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम तत्कालका लागि खारेज गरेको हो।
इलन मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए । पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुरेको थियो ।
एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् । ट्वीटरमा कारोबार गर्ने यस्ता विज्ञापनदाताहरू जो यसअघि नै आफ्नो कारोबार रोकेर स्थितिको मूल्यांकन गरिरहेका छन्, उनीहरूका लागि फर्जी खाता ठूलो झट्का हुन सक्दछ । ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो । तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थाले । ट्वीटरले पनि आफ्नो एल्गोरिदमका माध्यमबाट गलत मानिसहरुको पहिचान गरिरहेको छ ।



