काठमाडौँ, कार्तिक २४ । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको फाइनलमा पुगेको छ ।
एपीएफले विहिबार सम्पन्न सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
मधेश प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हरेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ३१ ओभरमा अलआउट हुदै १२२ रन बनाएको थियो ।
अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्ने छ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुने छ ।



