काठमाडौं, कात्तिक २४ । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप अन्तर्गत अन्तिम सेमिफाइनलमा बिहीबार भारत र इङ्ल्याण्ड भिड्दैछन्।
एडिलेड ओभल मैदान अष्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरूहुने सेमिफाइनलमा उपाधिका मुख्य दाबेदारहरू एक आपसमा भिड्दैछन्।
खेलको विजेताले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ।



