काठमाडौँ, कार्तिक २३ । पाकिस्तान जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यो जितपछि पाकिस्तान २००९ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । पाकिस्तान योसहित तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
अब विश्वकपको फाइनलमा पाकिस्तानले भारत र ईङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।




