एन्फा कार्यसमिति बैठक २९ गते बस्ने

`

     २०७९ कार्तिक २२ गते ६:२५

काठमाडौँ, कात्तिक २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कार्तिक २९ गते बस्ने भएको छ ।

‘एन्फाको कार्य समिति बैठक २९ गते हुने भएको छ,’ एन्फाका एक सदस्यले भने । कार्यसमिति बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुने भएको छ ।

यस्ता छन् एजेण्डाहरु:-
१. मार्केटिङ्ग, व्रोडकाष्टिङ्ग, डिजिटल राईटस, कमर्सियल, स्ट्राजिटी र पाटनरसिप सम्बन्धमा
२. एन्फा होस्टलको क्यान्टिन भाडामा दिने बारे
३. विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्ति बारे
४. मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व बारे
५. नेपालले प्राप्त गर्ने फिफा वर्ल्डकप टिकट सम्बन्धमा
६. राष्ट्रिय लिग तथा सहिद स्मारक लिग बारे
७. एकेडेमी सञ्चालन सम्बन्धमा
८. विविध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?