सीटीईभीटीद्वारा पुनः आवेदन माग

`

     २०७९ कार्तिक २२ गते १२:२१

काठमाडौँ, कात्तिक २२ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङबाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरूमा पूर्ण शुल्क तर्फका सिटहरू रिक्त रहेपछि पुनः प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९र८० मा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएपछि पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

सीटीईभीटी परीक्षा समितिको १८ कात्तिकको बैठकले पूर्ण शुल्क तर्फ रिक्त रहेका सिटहरूमा पुनः प्रवेश परीक्षा लिई भर्ना गर्ने र सम्बन्धित शिक्षण संस्थाले अतिरिक्त कक्षाहरू सञ्चालन गरी पठनपाठन अनिवार्य रूपमा शैक्षिक कार्यतालिका अनुसार व्यवस्थापन गर्ने गरी पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको थियो ।

अहिले देशभरका ४० देखि ५० प्रतिशत सिट रिक्त रहेको सीटीईभीटीले जनाएको छ । एचए, फार्मेसी र नर्सिङबाहेक फिजियो, आयुर्वेदिक, ल्याब, रेडियोग्राफी लगायतका विषयमा पुनः प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?