‘राम राज्य रथ यात्रा’ लाई नेपालगन्जमा भव्य स्वागत

`

     २०७९ आश्विन २८ गते ९:२५

काठमाडौँ, असोज २८ । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुरु भएको रथ यात्रा भारत र नेपालका विभिन्न शहरहरुमा १५ हजार किलोमिटरको यात्रा गर्दै बिहीबार नेपालगञ्जमा आइपुगेको हो । विजय दशमीका दिन अयोध्याबाट प्रस्थान गरेको राम राज्य रथ भारतको २२ वटा राज्य र नेपालका ५ वटा प्रदेशहरू भएर पुनः अयोध्या पुगेर महायज्ञ गर्नेछ ।

नेपालगञ्जका लागि यात्रा संयोजन गरी रहेका हिन्दु अगुवा ललित रौनियार अनुसार नेपालगञ्जको गनापुर स्थित रहेको शनि मन्दिर धाममा पवित्र रथको स्वागत गरी मोटरसाइकल र्यालीका साथ नेपालगञ्ज नगर परिक्रमा गरेर भव्य स्वागत गरिएको हो । शिव सेना बाँकेको अगुवाईमा भएको रथ यात्राको भव्य स्वागत पश्चात पश्चित नेपाल कै प्रसिद्ध शक्तिपीठ बागेश्वरी पार्क स्थित सत्संग परिसरमा राति प्रवचन कार्यक्रम समेत गरिएको थियो ।

भारतको बैगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा विभिन्न स्थानको परिक्रमा गर्दै हिन्दु एकताको ध्रुवीकरण गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?