काठमाडौँ, असोज १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधीमा संक्रमणबाट निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युदर शून्य रहेको छ ।
हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् ।




