काठमाडौँ, असोज १३ । एएफसी यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन् ।
यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् । टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।
५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।
गोलकिपरः कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी
रक्षकः अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी
फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम




