नेप्सेमा १५.९२ अङ्कको वृद्धि

`

     २०७९ आश्विन ११ गते ३:२५

काठमाडौँ, असोज ११ । सेयर बजार नेप्सेमा आज १५.९२ अंकको वृद्धि भएको छ । आजको वृद्धिसंगै बजार १८३१.०५ बिन्दुमा पुगेको छ ।

बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ । होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिए ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?