काठमाडौँ, असोज ७ । एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज ९शुक्रबार० नेपाल आउने भएको छ ।
बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।
खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।




