सशस्त्र प्रहरीमा बंशी दाहाल एआइजीमा बढुवा,कांग्रेसको दबाबमा गुल्मीका एसपी सात महिनामै हटाईए

`

     २०७९ आश्विन ०६ गते १०:०१

काठमाडौं, ६ आश्विन,बिहिबार । सशस्त्र प्रहरी बलको एआइजीमा डिआइजी बंशी दाहाल बढुवा सिफारिसमा परेका छन् । हालै थप गरेको एआइजी पदमा उनको सिफारिस भएको हो । बिहीबार बसेको बढुवा समितिले उनको सिफारिस गरेको हो । अर्का डिआइजी किशोर प्रधान पनि बढुवाको प्रतिस्पर्धामा थिए ।

डिआइजी बंशी दाहाल एआइजीमा बढुवा भएसँगै भावी आइजिपीको दाबेदार हुनेछन् । हालका एआइजी नारायणदत्त पौडेलसँगै दाहाल प्रतिस्पर्धामा हुनेछन् । त्यसैका लागि एआइजीको दरबन्दी थप गरिएको थियो ।

गुल्मीका एसपी सात महिनामै फेरिए-

कांग्रेस नेताहरुको दबाबमा प्रहरी प्रधान कार्यालयले गुल्मीका एसपीलाई सात महिनामै हटाएको छ । एसपी भिम दाहाललाई हटाएर अर्जुन रानाभाटको गुल्मीमा काज सरुवा गरिएको छ ।

एसपी दाहालले अनुचित दबाब नमानी कानूनअनुसार काम गरेकाले सरुवा गरिएको स्रोत बताउँछ । एसपी दाहाल व्यवसायिक अधिकृत मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?