कपन बहुमूखी क्याम्पस समिति, अध्यक्ष, कुमार ओझा अतिथिको आसनमा रहेका थिए ।

त्यस्तै अर्का अतिथि वडा नं. ९ का अध्यक्ष सुमित्रा पाण्डेले वडा नं ९ मात्र नभएर सिङ्गो बुनपामा साहित्यिक विकासका लागि होमिन तयार रहेको र भाषा–साहित्यको विकासमा सधैँ लागि पर्ने बताए ।

मन्तव्यमा साहित्यकार ममता मृदुल जोडिएका थिए भने मन्तव्यकै क्रममा प्राज्ञ बाबा बस्नेतले महिला आवाजको उत्खनन् हुन जरुरी रहेको बताए ।

निवर्तमान प्रतिनिधि समेत रहेका प्रमुख अतिथि कुसुम कार्कीले साहित्यकारहरूले समाजको विकृत पक्षको पर्दा हटाएर सुन्दर समाज निर्माणका लागि कलम चलाउनु पर्ने विचार व्यक्त गरे । त्यसै गरी विशिष्ट अतिथि धर्मदत्त देवकोटाले साहित्य, सिर्जना र कथा लेखनको माध्यमबाट समाजमा परिवर्तन ल्याउनुपर्ने अवधारणा व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा समालोचक द्वयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कपन बहुमुखी क्याम्पसका प्रमुख भूमिदत्त पौडेल गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाकी अध्यक्ष सुधा मैनालीले गरेकी थिइन् ।

" /> ‘पहिचानका लागि महिला आवाज’ संस्थाद्वारा ‘ऋतु फेरिँदै जान्छ’ कथा सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना - Sarbocha Media

‘पहिचानका लागि महिला आवाज’ संस्थाद्वारा ‘ऋतु फेरिँदै जान्छ’ कथा सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना

`

     २०७९ आश्विन ०५ गते ३:१२

काठमाडौँ, असोज ४ । ‘पहिचानका लागि महिला आवाज’ संस्थाद्वारा इन्द्रकुमार श्रेष्ठ सरितद्वारा लिखित ऋतु फेरिँदै जान्छ कथा सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम कपन बहुमूखी क्याम्पस, कपनमा आयोजना गरिएको थियो ।

कथा सङ्ग्रह विमर्श कार्यक्रममा समालोचकद्वय स्रष्टा विधान आचार्य र प्राज्ञ एवम् प्रज्ञा प्रतिष्ठानका समालोचक, निवन्ध विधाका प्रमुख प्रा. डा. गोपिन्द्र पौडेलबाट समालोचकीय प्रस्तुती गरिएको थियो ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका धर्मदत्त देवकोटाले साहित्य, सिर्जना र कथा लेखनको माध्यमबाट समाजमा परिवर्तन ल्याउनुपर्ने अवधारणा व्यक्त गरे ।

कपन बहुमूखी क्याम्पस समिति, अध्यक्ष, कुमार ओझा अतिथिको आसनमा रहेका थिए ।

त्यस्तै अर्का अतिथि वडा नं. ९ का अध्यक्ष सुमित्रा पाण्डेले वडा नं ९ मात्र नभएर सिङ्गो बुनपामा साहित्यिक विकासका लागि होमिन तयार रहेको र भाषा–साहित्यको विकासमा सधैँ लागि पर्ने बताए ।

मन्तव्यमा साहित्यकार ममता मृदुल जोडिएका थिए भने मन्तव्यकै क्रममा प्राज्ञ बाबा बस्नेतले महिला आवाजको उत्खनन् हुन जरुरी रहेको बताए ।

निवर्तमान प्रतिनिधि समेत रहेका प्रमुख अतिथि कुसुम कार्कीले साहित्यकारहरूले समाजको विकृत पक्षको पर्दा हटाएर सुन्दर समाज निर्माणका लागि कलम चलाउनु पर्ने विचार व्यक्त गरे । त्यसै गरी विशिष्ट अतिथि धर्मदत्त देवकोटाले साहित्य, सिर्जना र कथा लेखनको माध्यमबाट समाजमा परिवर्तन ल्याउनुपर्ने अवधारणा व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा समालोचक द्वयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कपन बहुमुखी क्याम्पसका प्रमुख भूमिदत्त पौडेल गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाकी अध्यक्ष सुधा मैनालीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?