साफ महिला च्याम्पियनसिपको उपाधिको लागी नेपाल र बङ्गलादेश भिड्दै

`

     २०७९ आश्विन ०३ गते ८:४२

काठमाडौँ, आश्विन ३ । छैटौं साफ महिला च्याम्पियनसिपको उपाधिको लागी आज नेपाल र बङ्गलादेश प्रतिस्पर्धा गर्दै छ ।

हालसम्म नौवटा फाइनल खेले पनि १२ वर्षयता ती सबै फाइनलको नतिजा नेपालको पक्षमा भएनन् । त्यसैलाई चिर्दै नेपाल पहिलो उपाधि चुम्न चाहन्छ ।

साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) का ६ फाइनल सबैमा भारतसँग हारे पनि छैटौं साफमा भारतलाई सेमिफाइनलमा १–० ले पन्छाउँदै नेपाल फाइनल प्रवेश गर्दा बङ्गलादेशले भने भुटानलाई ८–० ले पन्छाएर दोस्रोपल्ट फाइनल प्रवेश गरेको हो ।

पछिल्लोपल्ट नेपाल र बंगलादेश दशरथ रंगशालामै भएको मैत्रीपूर्ण अन्र्तगत पहिलो खेल २–१ ले जितेको नेपालले दोस्रो खेल गोलरहित टुंग्याएको थियो । उसलाई नेपालले साफमा दुईपल्ट सेमिफाइनल (२०१० र २०१४) र एकपल्ट (२०१९) मा समूह चरणमा पराजित गरेको थियो ।

छैटौँ साफको सेमिफाइनलसम्म सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको बङ्गलादेशसँग उपाधि आफ्नो पक्षमा पार्न नेपाललाई निकै सङ्घर्ष गर्नु पर्ने देखिन्छ । बंगलादेले समूह चरणको अन्तिम खेलमा भारतलाई त ‘आउटप्लेड’ नै गरेको थियो । त्यो खेल ३–० ले जित्नुअघि बंगलादेशले माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो । उसले सेमिफाइनलमा भुटानलाई ८–० ले पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?