आज नेप्सेमा २.१३ अंकको गिरावट

`

     २०७९ भाद्र २३ गते ४:४५

काठमाडौँ, भाद्र २३ । आज नेप्से परिसूचक २.१३ अंकले घट्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीहरु टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स तथा धेरैजसो वाणिज्य बैंकको मूल्य घट्दा यस्तो असर परेको हो ।

नेप्से १९३७ अंकमा कायम भएको छ । दिनभरको कारोबारमा परिसूचक १९२५ अंकसम्म झरेको थियो । कारोबार रकम १ अर्ब ४ करोड पुगेको छ । हिजो ८२ करोडमा सीमित भएको थियो । बैंकिङ ४, जीवन बीमा २४, उत्पादन १३, माइक्रोफाइनान्स १, अन्य १८ र व्यापार उपसमूह १७ अंक घटे । निर्जीवन बीमा १, जलविद्युत् १३, होटल तथा पर्यटन १०, फाइनान्स २२ र विकास बैंक उपसमूह ३७ अंक बढे ।

ग्लोबल आईएमई लघुवित्त र मल्टिपर्पोज फाइनान्सको मूल्य ४ प्रतिशत बढ्यो । सामुदायिक लघुवित्त र अपरहेवाखोलाको मूल्य क्रमशस् ६.४ र ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर, नबिल बैंक, प्राइम कमर्सियल बैंक र एसियन लाइफ इन्स्योरेन्स क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?