काठमाडौं, भदौ २३ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको छ। जसअनुसार विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)राजेन्द्रप्रसाद भट्टले दिएको जानकारी अनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए। कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको हो। यो नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।




