मिति २०७९ भाद्र – १९ गतेको दिन किरात बायुङ राई सुम्निखिमको मोरङ जिल्ला कार्य समिति वीर बहादुर बायुङ राईको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय कोषाध्यक्ष पार्बती बायुङ राई ‘रिम्वाफुङ’, सुनसरी जिल्ला उपाध्यक्ष आइती बहादुर बायुङ राई र मोरङ जिल्लाको संयोजक राज बिर बायुङ राईको उपस्थितमा जिल्ला कार्य समिति गठन भएको हो ।
किरात बायुङ राई सुम्निखिमको अनुसार २४ जिल्ला भन्दा धेरै जिल्लामा बायुङ राई हरूको बसोबास रहेको पाइन्छ । बायुङ राईहरूको बसोबास ताप्लेजुङ जिल्ला देखि लिएर कैलाली, कन्चनपुर लगायत भुटान हुँदै न्युजिल्याण्ड सम्म फैलिएर रहेको पाइन्छ ।
नयाँ जिल्ला कमिटी निम्नानुसार गठन भएको छः
अध्यक्ष – बिर बहादुर बायुङ राई
उपाध्यक्ष – राज वीर बायुङ राई
सचिव – रेनुका बायुङ राई
कोषाध्यक्ष – लक्ष्मी बायुङ राई
सदस्यहरू:
कृष्ण बायुङ राई
रहरमान बायुङ राई
बिरबल बायुङ राई
मकर बायुङ राई
काजीमान बायुङ राई
रमेश बायुङ राई
बायुङ राईहरूले आदिम थलो सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ बाट बसाई सरी त्यो ठाउँमा बसोबास गर्दै आएका हुन् । बायुङ राईहरूको मातृभाषा , इतिहास , लिपि, संस्कृति र तुम्लोयालो आदिको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ किरात बायुङ सुम्निखिम जिल्ला कार्य समिति गठन गरिएको हो । छोटो सामयमा नै किरात बायुङ राई सुम्निखिमले सोलुखुम्बु , खोटाङ, ओखलढुङ्गा जिल्ला कार्य समिति गठन गर्दै सङ्खुवासभा , पाँचथर , उदयपुर , सुनसरी , मोरङ जिल्ला हुँदै हङकङ प्रवास सम्म कमिटी गठन गरि सकेको छ ।
किरात बायुङ राई सुम्निखिमले जो जो राई जातिबाट चोइटिएर नयाँ जाती भई भटाभट सूचीकरणमा गइरहेका छन् उनीहरूलाई मौलिक पहिचान बायुङ, राई जाति र किरात सभ्यताको बारेमा राम्ररी सिकाउने काम गर्दै आएको छ । १२ औँ राष्ट्रिय जनगणनामा पनि किरात बायुङ राईको नेतृत्वमा मातृभाषामा ‘बायुङ’, जातिमा ‘राई’ र धर्ममा ‘किरात’, लेखाउने काममा ऐतिहासिक अभियान चलाएको थियो । यो संस्थाले गरेको गतिविधिले गर्दा अरू संस्थाहरूलाई पनि आफ्नो सही पहिचान, संस्कृति र सभ्यता उन्मुख अभियानको लागि प्रेरित गरेको छ ।




