काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। महानगरले सम्पत्ति कर नबुझाएको भन्दै पटकरपटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पत्र प्रप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो।
खाद्य संस्थान-थापाथली, हाइट फिल स्कूल-नयाँबजार, रञ्जना ट्रेड सेन्टर-न्युरोड, साझा भण्डार-भोटाहिटी, राष्ट्रिय नाचघर-जमल, चेम्बर अफ कम-जमल, कर्मचारी सञ्चय कोष-ठमेल, नेपाल विद्युत प्राधिकरण- रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड-सिंहदरबारलाई महानगरले पत्र लेखेको छ। यस्तै, महानगरले नेपाली जामे मस्जिद-बागबजार, कृषि सामग्री संस्थान-टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल-स्वयम्भू, आरबि कम्प्लेक्स-न्युरोड, काठमाडौं प्लाजा-पुतलीसडक, नेपाल सेयर मार्केट-पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज-सामाखुसीलाई पनि पत्र लेखेको छ। यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।




