काठमाडौं, भदौ २१ । आज नेप्से परिसूचक २१.१६ अंकले घटेको छ । आज नेप्से १.०७ प्रतिशतले घटेर १९५१.८४ बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन २२७ वटा धितोपत्रको १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। सोमबार ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सानिमा माइ हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य ७.३२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २९१ रुपैयाँमा झरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ६.०२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४२२ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ। कम्पनीको ९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ५८४ रुपैयाँमा ९ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशतले घटेको छ ।




