घुँडाको सर्जरी गरेका कारण पोग्बाले विश्वकप गुमाउन सक्ने

`

     २०७९ भाद्र २१ गते १:३९

एजेन्सी, भदौ २१ । घुँडाको सर्जरी गरेका फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले यो वर्ष कतारमा हुने विश्वकप गुमाउन सक्ने बताइएको छ । २९ वर्षीय पोग्बा गत जुलाईमा चोटग्रस्त बनेका थिए र यो सिजन उनले एउटा पनि खेल खेलेका छैनन् ।

फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध विश्वकपको पहिलो खेल्नेछ । ‘यो बिहान पोग्बा दोस्रोपटक प्रशिक्षणमा सहभागी भएका थिए । तर, उनी बीचमै रोकिए । त्यसपछि उनले अपरेसन गर्नुपर्ने निर्णय गरियो,’ युभेन्टसका मुख्य प्रशिक्षक मासिमिलानो एलेग्रीले भने, ‘हामीले आगामी जनवरीसम्ममा उनलाई मैदानमा फर्किएको देख्न सक्छौँ ।’ युभेन्टसले पछि पोग्बाको अपरेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।

पहिलोपटक जाडो महिनामा हुन लागेको विश्वकपका लागि १३ नोभेम्बरबाट इटालियन सिरिए ए रोकिनेछ । त्यसपछि पुनः जनवरीमा सुरु हुनेछ । ‘के पोग्बा विश्वकपका लागि तयार हुनेछन् रु,’ भन्ने प्रश्नमा एलेग्रीले भने, ‘विश्वकप मेरो समस्या होइन, युभेन्टसको समस्या के हो भने उनी जनवरीमा मात्फर र्किनेछन् ।

म्यानचेस्टर युनाइटेडसँगको करार सकिएपछि पोग्बा यो सिजन युभेन्टस फर्किएका हुन् । उनले सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध ४–१ को जीत निकाल्ने क्रममा गोलसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?