आज नेप्सेमा ४.२ अंकको गिरावट

`

     २०७९ भाद्र २० गते ४:०९

काठमाडौँ, भदौ २० । आज नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ । कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर रह्यो ।

बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बीमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे । उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्‌को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६‍.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?