ट्राफिक प्रहरीद्वारा काठमाडौं उपत्यकामा पछीलो २४ घण्टाभित्र ३ हजार ४१९ जना सवारी चालकहरूलाई कारबाही

`

     २०७९ भाद्र २० गते १२:१८

काठमाडौं, भदौ २० । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रातो बत्तीको उल्लङ्घन गर्ने ८६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?