काठमाडौं, भदौ १६ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा विभिन्न मितिमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म १०१ ओटा सवारी साधन फेला परेका छन् । फेला परेका मध्ये श्रावण महिनामा ७३ ओटा र भदौ महिनाको मध्य सम्म १० ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ भने आज पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १०४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ ।
यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुई पाङग्रे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारबाहीको लागी परिसर तथा वृत्तमा पठाइएको छ ।



