काठमाडौं, भदौ १६ । आज नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन २२५ वटा धितोपत्रको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। बुधबार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ४०७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३८९ रुपैयाँ कायम भएको छ । यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा राप्ती हाइड्रो रहेको छ। कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०८ रुपैयाँमा झरेको छ ।
त्यस्तै, गणपति लघुवित्तको सेयर मूल्य ४.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१० रुपैयाँ कायम भएको छ । यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने नेपाल दूरसञ्चार कम्पनीको भएको छ। कम्पनीको १२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो ।
सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१५ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.३९ प्रतिशत घटेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ४०७ रुपैयाँमा ५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त समूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले बढेको छ ।




