देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७९ भाद्र १५ गते ५:२८

काठमाडौं, भदौ १५ । नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ ।

३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?