फिल्मफेयर अवार्डको घोषणा, रणवीर सिंह उत्कृष्ट अभिनेता

`

     २०७९ भाद्र १५ गते ११:०८

काठमाडौँ, १५ भदौ । बलिउडको लोकप्रिय फिल्मफेयर अवार्डको घोषणा गरिएको छ । यस पटक शो रणवीर सिंह र अर्जुन कपुरले होस्ट गरेका थिए ।

६७ औं फिल्मफेयर अवार्डमा कसले पाए

उत्कृष्ट अभिनेता: रणवीर सिंह- फिल्म ८३
उत्कृष्ट अभिनेत्री: कृति सेनन- फिल्म मिमि
उत्कृष्ट अभिनेता किर्टिक्स: विक्की कौशल- फिल्म सर्दार उधम
उत्कृष्ट अभिनेत्री किर्टिक्स: विद्या बालन- फिल्म शेरनी
उत्कृष्ट फिल्म: शेरशाह
उत्कृष्ट फिल्म किर्टिक्स: सरदार उधम
उत्कृष्ट निर्देशक: विष्णुवर्धन- फिल्म शेरशाह
उत्कृष्ट अभिनेता (सपोर्टिग रोल) :पंकज त्रिपाठी- फिल्म मिमि
उत्कृष्ट अभिनेत्री (सपोर्टिग रोल): साइ तम्जानकर-फिल्म मिमि

त्यस्तै कौसर मुनीरलाई ‘८३’ को ‘लेहरा दो’ गीतका लागि सर्वोत्कृष्ट गीतको फिल्मफेयर अवार्ड दिइएको थियो ।

त्यसैगरी शेरशाहको मन भर्या गीतका लागि बी प्राकले उत्कृष्ट पार्श्व गायकको अवार्ड जिते । शेरशाहको गीत रता लाम्बियाका लागि असीस कौरले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड जितेकी छन् ।

त्यसैगरी फिल्म ‘बन्टी और बबली २’ बाट उत्कृष्ट डेब्यु फिमेलको अवार्ड अभिनेत्री सर्भरी वाघले जितेकी छिन् । त्यसैगरी बेस्ट डेब्यु पुरुषको अवार्ड ‘९९ गीत’का लागि एहान भाटलाई प्रदान गरिएको थियो । यसबाहेक सर्वोत्कृष्ट डेब्यु निर्देशकको अवार्ड ‘रामप्रसाद की तेह्रवी’बाट सीमा पाहवाले हात पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?