आज नेप्सेमा २.३३ अंकको वृद्धि

`

     २०७९ भाद्र १४ गते ४:०७

काठमाडौँ, भदौ १४ । आज सेयर कारोबार १ अर्ब १ करोडमा खुम्चिएको छ । सोमबार सवा १ अर्बको कारोबार भएको थियो भने आइतबार २ अर्ब नाघेको थियो । कारोबार रकम घट्दा नेप्से परिसूचक भने २ अंक बढेर १९९५ मा कायम भएको छ । यद्यपि धेरैजसो कम्पनीको मूल्य घटेको छ । कुल १०५ कम्पनीको मूल्य घट्दा ७४ को बढ्यो भने ७ को स्थिर रह्यो ।

यस दिन बैंकिङ ०।७, फाइनान्स १४, होटल तथा पर्यटन ४, जलविद्युत् १८, जीवन बीमा २ तथा निर्जीवन बीमा ६ अंक घटे । ब्यापार १, अन्य ३३, माइक्रोफाइनान्स ३, उत्पादन ११ र विकास बैंक उपसमूह ६ अंक बढे । अपरहेवाखोलाको मूल्य ८ प्रतिशत बढ्यो भने विन नेपालको ४।७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नबिल बैंक, रिडी, हिमालदोलखा हाइड्रोपावर क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?