नेपाल प्रहरीको आइजिपी बने सहकुलबहादुर थापा,महानिरीक्षक सिंह अमेरिका प्रस्थान

`

     २०७९ भाद्र १३ गते ९:४४

काठमाडौं,१३ भाद्र, सोमबार । हरेक वर्ष अमेरिकामा हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका छन् । हाल नेपाल प्रहरीको निमित्त आइजिपीमा सहकुलबहादुर थापा नियुक्त भएका छन् ।

सिंहसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि भ्रमणमा निस्किएका छन् । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइजिपी सिंह करिब दुई सातापछि फर्कने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?