कपिलवस्तुमा गोली प्रहारबाट रामसमुज पाशीको मृत्यु

`

     २०७९ भाद्र १० गते ७:३३

काठमाडौं, भदौ १० । कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका घुरहु भनिने रामसमुज पाशीको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समूहको गोली लागि घाइते भएका पाशीको उपचारका क्रममा मृत्यु भएको हो । पाशीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीले बताएको छ । उनलाई स्थानीयको एक खाली घरमा अज्ञात समूहले पाशीको बायाँ खुट्टामा गोली प्रहार गरेको थियो ।

उनको अत्यधिक रक्तस्राव कारण ज्यान गएको जिल्ला अस्पताल कपिलवस्तुले पनि पुष्टि गरेको छ । उपचारका लागि ल्याइपुर्याएलगत्तै उनको मृत्यु भएको जिल्ला अस्पताल कपिलवस्तुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले रातोपाटीलाई बताए । गोली प्रहार गर्ने व्यक्ति फरार रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?