नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

`

     २०७९ भाद्र १० गते १०:११

काठमाडौं, भदौ १० । नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नुका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । बुधबार मात्रै केन्या पुगेका सोमपाल कामीले बिहीबारको खेलमा ३ विकेट लिदै म्यान अफ दि म्याच घोषित भएका थिए ।

कप्तान सन्दीपसहित ११ खेलाडी पहिलो चरणमै केन्या पुगेका थिए । बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम पनि केन्या पुगिसकेका छन् । दोस्रो खेलका लागि नेपाली टिममा सबै खेलाडी उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?